|  

उपत्यकामा आज मध्यरातदेखि स्मार्ट लकडाउन लागू हुँदै 

४ माघ, काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’ सम्बन्धी आदेश जारी गरिएको छ ।

कोभिड-१९ संक्रमण रोकथाम गर्न भन्दै उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले स्मार्ट लकडाउनसम्बन्धी आदेश जारी गरेका हुन् । मन्त्रिपरिषद्को आदेशलाई कार्यान्वयन गर्ने निर्णय तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरुले गरेका छन् । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्मार्ट लकडाउन गर्ने अधिकार प्रजिअलाई दिएको छ ।

जारी भएको आदेश आज मध्यरातबाट लागू हुने छ । आदेशमा यस्तो उल्लेख गरिएको छ ।