|  

धुर्मुस-सुन्तली फाउण्डेशनलाई रकम दुरुपयोग गरेको आरोपः अनिल अधिकारी (भिडियोसहित)

४ माघ, काठमाडौं । नेपाली क्रिकेटका राष्ट्रिय प्रशिक्षक अनिल अधिकारीले धुर्मुस-सुन्तली फाउण्डेशनले गौतमबुद्ध रंगशालाको निर्माण गर्दा आर्थिक अपचलन गरेको आरोप लगाएका छन् ।

हेडलाईन नेपालको हेडलाईन विशेषमा कुरा गर्दै बाग्मती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष समेत रहेका अधिकारीले रंगशाला निर्माणका नाममा चन्दा उठाएर रकम दुरुपयोग गरेको आरोप लगाएका हुन । उनले २ अर्ब रुपैयाँको लागत अनुमान गरिएको परियोजनामा रकम उठेजति समेत काम नभएको भन्दै दुवैजनालाई छानविनको दायरामा ल्याउन माग गरेका छन् ।

धुर्मुस-सुन्तलीले क्रिकेट रंगशालाको विषयमा केहि नबुझेको टिप्पणी गर्दै उनले आफ्नो हैसियत विना नै क्रिकेट रंगशाला बनाउन उनीहरु लागि परेको टिप्पणी गरे । उनीहरुले रंगशाला बनाउने भनेर लिएको २२ विघा जमिनलाई प्राइभेट फाम हाउसजस्तो बनाएको पनि आरोप लगाए । 

प्रशिक्षक अधिकारीले गत आइतबार धुर्मुस-सुन्तली फाउण्डेशनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत हालेका थिए ।