|  

माघ ५ गतेदेखि निषेधाज्ञा लागू

४ पुस, काठमाडौं । पर्वतमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण तीव्र गतीमा फैलिएपछि निषेधाज्ञा जारी गरिएको छ ।

कोरोना संक्रमणको संख्या दिनप्रतिदिन बढ्न थालेपछि यहि माघ ५ गतेदेखि लागु हुने गरी स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरिएको हो ।
जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालय पर्वतले माघ ५ देखि लागु हुने गरी निषेधाज्ञा आदेश जारी गरेको हो ।

पर्वतमा कोरोना संक्रमण  फैलिएकाले  शैक्षिक संस्था होटल, सेवा प्रदायक निकाय, डिपार्टमेन्टल स्टोर्स, धार्मिक स्थल, यातायात लगायतका क्षेत्रमा फरक फरक क्षेत्रमा समय तोकेर आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन् ।

खत्रीले अर्को आदेश जारी नभएसम्मका लागि जारी भएको निषेधाज्ञा आदेशमा शैक्षिक क्रियाकलाप सिनेमा हल लगायतका क्षेत्रहरू माघ १५ सम्म पूर्णरुपमा बन्द गर्ने आदेश जारी गरिएको उल्लेख गरिन् ।

आदेशलाई अवज्ञा गरिएमा कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत जिल्ला प्रशासन कार्यालय पर्वतले दिएको छ । संक्रमण  बढे पनि सर्वसाधारणले संक्रमण  प्रति बेवास्ता गरेको उल्लेख गर्दै  खत्रीले सबै सजग रहन समेत आग्रह गरेकी छन् ।