|  

आफुहरुको आन्दोलन र संघर्षका कारण संघीय प्रदेश बन्यो - केशव झा (भिडियोसहित)

६ माघ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका कार्यकारिणी सदस्य केशव झाले आफुहरुको आन्दोलन र संघर्षका कारण संघीय प्रदेश बनेको जिकिर गरेका छन् ।

हेडलाईन नेपालको हेडलाईन विशेषमा कुरा गर्दै उनले संघीयता सहितको संविधान जारी भएपनि आफुहरुले भनेजस्तो संघीय प्रदेश नबनेको बताए । केन्द्र सरकारको मातहत राखेर संघीय संरचनाको निर्माण हुनु संघीयताको मुलमर्म विपरीत भएको उनको भनाई छ ।

संघीयताको निम्ति आफुहरु लडेकाले नामैमा भएपनि संघीयता आएकाले वर्तमान संविधानलाई आंशिक रुपमा मात्रै भएपनि आफुहरुले स्वीकार गरेको उनले बताए । नेता झाले जबसम्म संविधान पुर्ण रुपमा संसोधन हुदैन तबसम्म आफुहरुले असोज ३ लाई कालो दिवसको रुपमा मनाइ रहने पनि बताए ।

उनले आफुहरुले उठाएको माग र मुद्धाहरु धेरै नै बाँकी रहेको पनि बताए । 

बाँकी भिडियोमा हेर्नुहोस ।