|  

स्वास्थ्यमन्त्री विरोध खतिवडा आइसोलेसनमा

६ माघ, काठमाडौं । स्वास्थ्यमन्त्री विरोध खतिवडा पनि रुघाखोकी देखिसँगै आइसोलेसनमा बसेका छन् ।

मन्त्रीका निजी सचिव मधु मिजार र मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रालाई कोरोना संक्रमण पुष्टि भएसँगै खतिवडा आइसोलेसनमा बसेका हुन् । मन्त्रीको पीसीआर परीक्षणको नतिजा भने आउन बाँकी रहेको निजी सचिव मिजारले बताए ।

प्रदेशको अनुगमनमा निस्किएको स्वास्थ्य मन्त्रालयको टोलीमा नै कोरोना संक्रमण पुष्टि भएको छ । सो टोली गत साता प्रदेश नं १, जनकपुर र बागमती प्रदेशका कतिपय जिल्लाको स्थलगत अनुगमन गर्न निस्केको थियो ।