|  

पूर्वाञ्चल विश्वविद्यालयका सबै परिक्षा स्थगित

७ माघ, काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयका सबै परीक्षाहरू स्थगित भएको छ ।

कोरोना महामारीको तेस्रो लहर सुरु भएसँगै कोरोना संक्रमणका बिरामीहर तीव्र रुपमा बढ्दै गएकाले गर्दा  पूर्वनिर्धारित सबै परीक्षाहरू हालका लागि स्थगित गरिएका हो ।

परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेतले आज सूचना निकालेर सबै संकायअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रम (वर्ष / सेमेष्टर) मा सञ्चालनमा रहेका र सञ्चालन हुन बाँकी परीक्षा माघ मसान्तसम्म स्थगित गरिएको उल्लेख गरेका छन्। कोरोनाका कारण यसअघि नै त्रिवि र मध्यपश्चिम विश्वविद्यालयले पनि परीक्षा स्थगित गरिसकेका छन्।