|  

गायिका डोल्मालाई कोरोना पुष्टि

७ माघ, काठमाडौं । चर्चित गायिका आनीछोइङ डोल्मालाई  कोरोना संक्रमण पुष्टि भएको छ ।

डोल्माले आफूमा कोरोना पुष्टि भएको सामाजिक संजाल मार्फत जानकारी दिएकी हुन् । डोल्माले  आफु होम आइसोलेसनमा रहेको जानकारी दिँदै  सबैलाई सतर्कता रहन समेत अनुरोध गरेकी छन् ।‘कोरोनाले धेरैलाई संक्रमित गर्ने सम्भावना छ ।

त्यसैले सावधानी अपनाउनुहोला’ उनले अगाडि भनेकी छन् ‘मास्क लगाउनुहोला, सेनिटाइजर बारम्बार प्रयोग गर्नुहोस् ।’ अनावश्यक अवस्थामा घरबाट बाहिर ननिस्किन समेत उनले सबैमा आग्रह गरेकी छन् ।