|  

कोराना संक्रमणका कारण एकै दिन २३ जनाको मृत्यु

७ माघ, काठमाडौं । पाकिस्तानमा पछिल्लो २४ घण्टामा थप ७  हजार ६ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो दैनिक संक्रमितहरुको संख्यामा सबै भन्दमा धेरै हो ।

सरकारी अधिकारीहरूका अनुसार यो संख्या सन् २०२० मा महामारी फैलिएदेखि अहिलेसम्मकै सबैभन्दा धेरै हो ।त्यसैगरी, बितेको  २४ घण्टामा कोरोनाका  कारणल २३ जनाको मृत्यु भएको छ । योसँगै पामिस्तानमा  कोरोनाका कारण मृत्यु हुनेको संख्या २९ हजार ६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।