|  

ब्रिटिश प्रोफेसनल कलेजकी रिया मानन्धर गरिन् विश्व टप

७ माघ, काठमाडौं । ब्रिटिश प्रोफेसनल कलेजकी रिया मानन्धरले ९८ प्रतिशतसहित विश्व टप गरेकी छन् ।

मान्धरले एसोसिएसन अफ चार्टण्ट सर्टिफाइड एकाउन्टेन्ट (एसीसीए) मा   ट्याकसेसन पेपरमा वर्ल्ड टप गरेकी हुन्  विश्वभरका लाखौँ विद्यार्थीहरूलाई उछिन्दै मान्धरले  ट्याक्सेसन पेपरमा सबैभन्दा बढी अंक ल्याउन सफल भएकी हुन् ।

एसीसीए कार्यक्रम म्यानेजर दिपेन्द्र के श्रेष्ठ भन्छन्, ‘हामीलाई रिया माथि गर्व छ उनी कलेजको दोस्रो विश्व टपर हुन्, र उनी अरु विद्यार्थीका लागि प्रेरणा पनि हुन् ।

एसीसीए कार्यक्रम विश्वकै सबैभन्दा ठुलो र छिटो बढिरहेको अन्तर्राष्ट्रिय लेखा निकाय हो । यसमा विश्वका १ सय ७९ देशमा ५ लाख २७ हजार विद्यार्थी र २ लाख १९ हजार सदस्यहरु रहेका छन् ।