|  

भारतीय अभिनेत्री प्रियंका चोपडा बनीन आमा !

८ माघ, काठमाडौं । भारतीय अभिनेत्री प्रियंका चोपडा र उनका पति अमेरिकी गायक तथा अभिनेता निक जोनस सरोगेसीबाट आमाबाबु बनेका छन् ।

शुक्रबार राति १२ बजे इन्सटाग्राम पोष्ट मार्फत प्रियंकाले यसको जानकारी दिएकी हुन्  । उनले पोस्टमा यस्तो भनेकी छन, ुहामी खुसी छौँ कि हामीले सरोगेसीको मद्दतले आफ्नो जीवनमा एउटा बच्चालाई स्वागत गरेका छौँ । हामी हाम्रो परिवारका लागि तपाईंहरुलाई सम्मानपूर्वक आग्रह गर्छौँ कि यस खास समयमा हाम्रो गोप्यतालाई ध्यान दिनुहोला ।

उनीहरुले सन २०१८ को डिसेम्बर २ मा विवाह गरेका थिए । हालै प्रियंकाले द जोनास ब्रदर्स फ्यालिमी रोस्ट शोका दौरान निकसँग बच्चाको योजना बनाइरहेको बारेमा खुलासा गरेकी थिइन ।