|  

वल्र्डलिङ्कले ग्राहकलाई डुअल ब्यान्ड फाइभजी राउटर निःशुल्क वितरण  गर्दै

८ माघ, काठमाडौं । वल्र्डलिङ्क कम्युनिकेसन्सले आफ्ना ग्राहकलाई डुअल ब्यान्ड फाइभजी राउटर निःशुल्क वितरण गर्ने तयारी गरेको छ ।

देशकै ठूलो इन्टरनेट सेवा प्रदायक वल्र्डलिङ्क कम्पनीले सिंगल ब्यान्ड राउटर प्रयोग गरिरहेका ग्राहकलाई निःशुल्क रुपमा डुअल ब्यान्ड राउटर प्रदान गर्न लागेको हो । यसअन्तर्गत कुनै अतिरिक्त शुल्क बिनै ग्राहकले आफ्नो नजिकको वल्र्डलिङ्क कार्यालयबाट डुअल ब्यान्ड राउटर प्राप्त गर्न सक्नेछन् ।

तर यो सुविधा वल्र्डलिंकका सबै ग्राहकले पाउने छैनन् । कम्पनीले दिएको जानकारी डुअल ब्यान्ड फाइभजी राउटर निःशुल्क अपग्रेडका लागि मोबाइल एसएमएस पाएका ग्राहकले मात्र यो सुविधा पाउनेछन ।