|  

करणी आरोपम १ जना पक्राउ

८ माघ, काठमाडौं । रूपन्देहीमा २२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा  २६ वर्षीय सुवास यादव रहेका छन् । यादवले  महिलालाई लुम्बिनी सांस्कृतिक नगरपालिका–१९ को पिपरामा रहेको खेतमा लगेर बलात्कार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनीविरुद्ध प्रहरीले जबर्जस्ती करणीसम्बन्धी कसूरमा अनुसन्धान थालेको छ ।