|  

ढुंगाले थिचेर १ जनाको मृत्यु

८ माघ, काठमाडौं । सिन्धुपाल्चोकमा ढुंगाले थिचेर १ जनाको मृत्यु भएको छ ।

जिल्लाको मेलम्ची नगरपालिका–३ हैबुङमा ढुंगाले थिचेर अन्दाजी ४५ वर्षका शेरबहादुर श्रेष्ठको ज्यान गएको इलाका प्रहरी कार्यलयले जनाएको छ । आज दिउँसो करिब ३ बजे भएको घटनाबारे  थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक टीकाराम राईले बताए।