|  

बालकुमारी मन्दिरको लिच्छवीकालीन मूर्ति चोरी

९ माघ, काठमाडौं । ललितपुर सुनाकोठीस्थित बालकुमारी मन्दिरको लिच्छवीकालीन मूर्ति गय राती चोरी भएको छ ।

३ सय वर्ष पुरानो मूर्ति गय राति चोरी भएको ललितपुर प्रहरीले जनाएको छ । मूर्ति चोरी भएको खबर थाहा पाउना साथ ऊर्जामन्त्री पम्फा भुसाल आज बिहान घटनास्थलको निरीक्षण गर्न पुगेकी थिइन ।

सुनाकोठी भुसालको निर्वाचन क्षेत्र पनि पर्दछ । मन्त्री भुसालले मूर्ति चोरीको भत्सर्ना गर्दै तत्काल दोषी पत्ता लगाई मूर्ति खोजी गर्न प्रशासनलाई निर्देशन दिएको जानकारी गराइन ।