|  

२ प्रदेशका मुख्यमन्त्री र सिडिओसँग गृहमन्त्री खाणको टेलिफोन सम्वाद

९ माघ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले २ प्रदेशका मुख्यमन्त्री र १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन सम्बाद गरेका छन् ।

कोरोना संक्रमितको अवस्था, होल्डिङ सेन्टर, एन्टिजेन्ट परीक्षण लगायतबारे गृहमन्त्री खाणले लुम्बिनी र मधेशका मुख्यमन्त्री र प्रजिअहरूसँग छलफल गरेका हुन् । गृहमन्त्री खाणले लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसी, मधेसका मुख्यमन्त्री लालबाबु राउत तथा सीमा नाका जोडिएका र सीमासँग नजिकका जिल्ला कैलाली, रुपन्देही, बाँके, अर्घाखाँची, कञ्चनपुर, बारा, पर्सा, मोरङ, झापा, सप्तरी, कपिलबस्तु र नवलपरासी पश्चिमका प्रजिअलाई टेलिफोन गरेर त्यहाँको अवस्थाबारे जानकारी लिएको बताइएको छ ।

सितलहर र त्यसबाट नागरिकलाई बचाउन गरिरहेको प्रयासबारे पनि प्रजिअहरूबाट गृहमन्त्री खाणले जानकारी लिएका थिए । गृहमन्त्री खाणले कोभिड-१९ परीक्षण गर्दा पोजेटिभ देखिएकाहरूलाई आइसोलेसनमा राख्न पनि आग्रह गरेका छन्।