|  

प्रचण्ड पत्नी सीतालाई देखियो कोरोना 

९ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’पत्नी सीता दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रचण्डकी  छोरी गंगाले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नी आमा सीतालाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् । उनले आफ्नी आमाको मेडिसिटी अस्पतालमा उपचार गराइरहेको पनि जानकारी दिइन ।

उनका अनुसार सीताको स्वास्थ्यअवस्था सुधार भइरहेको छ ।