|  

आज ६ हजार ४ सय ६२ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

९ माघ, काठमाडौं । आज नेपालमा ६ हजार ४ सय ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १७ हजार ४ सय ३७ जनाको नमुना परीक्षण गर्दा ६ हजार ४ सय ६२ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै २४ घण्टामा १ हजार ४ सय १६ जना सङ्क्रमणमुक्त भएका छन् ।

नेपालमा अहिलेसम्म कोरोनाबाट निको हुनेको सङ्ख्या ८ लाख २१ हजार ६ सय ९९ पुगेको छ । यही अवधिमा ४ जना सङ्क्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म ११ हजार ६ सय ५५ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ७७ हजार ४० पुगेको छ ।

यीमध्ये दुई सय १५ जनाको आईसीयू र ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।