|  

पुलिसलाई हराउँदै मनाङ आहा-रारा गोल्डकपको सेमिफाइनलमा

९ माघ, काठमाडौं । मनाङ मस्र्याङ्दी क्लब आहा-रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आज भएको खेलमा पाँच पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै कीर्तिमानी ६ पटकको च्याम्पियन मस्र्याङ्दी सेमिफाइनलमा प्रवेश गरेको हो । मनाङलाई जिताउन रुपेश केसी र विदेशी खेलाडी आफिज ओलावाले १-१ गोल गरेका थिए ।

यसअघि प्रि-क्वाटरफाइनलमा पुलिसले सडन डेथमा आयोजक सहारा एकेडेमीलाई पराजित गर्दै मनाङसँगको भेट पक्का गरेको थियो । हारसँगै पुलिस प्रतियोगिताबाट बाहिरिएको छ ।

भोलि संकटा क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।