|  

नक्कली परीक्षार्थीसहित ३ ब्यक्ति पक्राउ

९ माघ, काठमाडौं । चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एम डि र एम एस प्रवेश परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने र परीक्षामा अमर्यादित कार्य गर्ने ३ जनालाई पक्राउ गरिएको छ ।

प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान ब्युरो प्रशासन शाखा महाराजगञ्ज काठमाण्डौले आज एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै परीक्षामा विचौलियाको रुपमा नक्कली परीक्षार्थीहरुलाई सहयोग गर्ने एवम् परीक्षामा अमर्यादित कार्य गर्नेलाई पक्राउ गरिएको जानकारी दिएको हो । पक्राउ पर्नेमा गोण्डा उत्तर प्रदेश भारतका जितेन्द्र कुमार मिश्रा, सिक्टा विहार भारतका शशिभुषण सिंह र खगरिया विहार भारतका कृष्ण मुरारी रहेका छन् ।

जितेन्द्रलाई नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको आधारमा र शशिभुषणलाई विचौलियाको रुपमा नक्कली परीक्षार्थीलाई सहयोग गरेकोमा एल आर आई स्कुल कलंकी काठमाण्डौबाट पक्राउ गरिएको छ । त्यस्तै, मुरारीलाई भने  परीक्षामा अमर्यादित कार्य गरेको भन्दै नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान सानोभ¥याङबाट पक्राउ गरिएको हो ।

उनीहरुलाई शिक्षा ऐन २०२८ बमोजिमको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक प्रवक्ता एवम् सुचना अधिकारी श्याम कुमार महतोद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।