|  

राष्ट्रिय सभा चुनावः आज रातिदेखि आचारसंहिता लागू 

९ माघ, काठमाडौं । निर्वाचन आयोगले माघ १२ गते हुने राष्ट्रिय सभाको चुनावका लागि आजदेखि मौन अवधि सुरु हुने जनाएको छ ।

आयोगले आज राती १२ बजेदेखि मौन अवधि सुरु हुने जानकारी गराएको हो । आयोगका सहसचिव एवम् सहप्रवक्ता कोमलप्रसाद धमलाले मौन अवधि एउटा नैतिक बन्धन र कानुनी हतियार भएकाले आयोगले चुनावको आचारसंहिता सार्वजनिक गरेको बताएका छन् ।

उनले यस समयमा चुनावको मतदान हुने तीन सय मिटर वरपरको ठाउँमा भएका पर्चा, पम्प्लेट र पोस्टर हटाइनुपर्ने बताए । सहसचिव धमलाले आजदेखि सामाजिक सञ्जालबाट प्रचारप्रसार र प्रकाशनका काम गर्न बन्द भएको जानकारी दिए ।

सहसचिव धमलाले राष्ट्रिय सभाको चुनावमा आयोगले निर्देशित गरेका २१ बुँदे स्वास्थ्यका मापदण्डको पूर्ण पालना गरिने र निर्वाचन अनुशासित र सुव्यवस्थित ढङ्गले सम्पन्न हुने बताए ।