|  

ट्यूनिसिया क्वाटरफाइनलमा

१० माघ, काठमाडौं । ट्यूनिसिया अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ । १० खेलाडीमा सिमित नाइजेरियालाई १–० ले पराजित गर्दै ट्यूनिसिया अन्तिम ८ मा प्रवेश गरेको हो ।
ट्यूनिसियाको जितमा एकमात्र निर्णायक गोल युसेफ मसाक्नीले ४७ औं मिनेटमा गरे ।

ट्यूनिसियाले अब बुरकिनाफासोविरुद्ध खेल्नेछ ।
अलेक्स इओवी ६६ औं मिनेटमा रातो कार्ड खाएर बाहिरिएपछि नाइजेरियाका १० खेलाडीमा सिमित भएको थियो ।