|  

ललितपुर महानगरमा आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द

१० माघ, काठमाडौं । कर्मचारीमा पनि कोरोना भाइरसको संक्रमण बढेपछि ललितपुर महानगरपालिकाले आज सोमबारदेखि अत्यावश्यकबाहेका सबै सेवा बन्द गरेको छ ।

महानगरले जारी गरेको विज्ञप्ति अनुसार संक्रमित महानगरका कर्मचारी उपचार एवं होम आइसोलेसनमा रहेकाले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्नु परेको हो । शुक्रबारसम्मका लागि अत्यावश्यकबाहेका सेवा बन्द गरिएको हो ।

अत्यावश्यक सेवाअन्तर्गत स्वास्थ्य सेवा, दमकल, शववाहन, एम्बुलेन्स, सरसफाई र नगर प्रहरी भने सञ्चालनमा रहनेछन् ।