निशा कार्की ।
१७ बैशाख, काठमाडौं । समाजसेवी किरण गुरुङ । वि.स.२०३८ सालमा संखुवासभाको सेकाहा गुरुङ गाउँमा बुबा देवराज र आमा केशरी गुरुङका कान्छो छोराको रुपमा उनको जन्म भएको थियो ।
उनको बाल्यकाल संखुवासभामा बिते पनि पढनपाठन भने उनको गाउँमै भएको थियो । उनी हाल काठमाडौंको बुढानीलकण्ड-१० साततलेमा बसोबास गर्दछन् । उनको जीवन अहिले सुखमय देखिएपनि उनले जीवनमा धेरै सर्घष गर्नुपरेको थियो । २०५२ सालमा उनी रोजगारी खोज्दै अरुण नदिको किनारै किनारा रुदै-रुदै काठमाडौं आएका थिए । उनले काठमाडौंमा आएर सुरुमा होटलमा भाडा मोल्ने काम गर्न थाले । उनलाई त्यतिबेला हात मोख जोड्न पनि धौ-धौ पर्ने गर्दथ्यो ।
उनी कसरी भए समाज सेवी ?
उनले काठमाडौं आएर धेरै दुःख र कष्ट भोग्नुपर्यो ! आफुले जीवनमा भोगेको दुःखले गर्दा अरुलाई पनि यस्तै दुःख हुँदो हो भन्ने भावना उनको मनमा पलायो । त्यसपछि उनको आत्ममनबाट समाजसेवा गर्नुपर्छ भन्ने विचार उब्जियो । जसकारण उनी समाजसेवामा होमिएका रहेछन् । उनी भन्छन्,‘ समाजसेवा गर्न त्यति सजिलो कहाँ छ र ? त्यसको लागि केहि न केहि आफुले पनि कमाउनुप¥यो ! आधा पेट आफुलाई र आधा पेट अन्य गरिव दुखीलाई दिने सोँचले ड्राइभिङ काममा लागे । त्यतिले नि नपुगेर खाँडी मुलुक गएँ । केहि पैसा कमाएपछि पुनः स्वदेश फर्किए । र आफ्नै ट्याक्सी किनेर चलाउन सुरु गरे । अनि सुरु भयो मेरो समाजसेवाको बाटो ।’
किरण गुरुङ हाल अपाङ आश्रम, बालगृह, मानव सेवा आश्रम लगायत विभिन्न १० भन्दा बढी संघसंस्थामा समाजसेवा गरिरहेका छन् । २०७२ सालको भुकम्पमा विभिन्न मृत शरीरलाई आर्यघाट पु¥याउने र घाइतेलाई विभिन्न हस्पिटलहरुमा आफ्नै ट्याक्सीमा पु¥याउने काम गरे उनले । गरिब दुखीको दुःखमा साथ दिदै अगाडी बढ्दै गर्दा पैसाको अभावका कारण उनले फेरी अर्को पेशा पनि गर्न थाले । हाडवर्यर पसल र बालुवा गिटिको डिपो उनले संचालन गरे । र त्यसबाट बचेको पैसा समाज सेवामा नै लगाए ।
कोरोना महामारीका बेला सम्झनलायक किरणको समाजसेवा
विश्वभर कोरोनाको महामारी फैलियो । त्यस महामारीबाट नेपाल पनि अछुतो रहन सकेन । कोरोना महामारीको सन्त्रासले देशभर लकडाउन गरियो, जसकारण हरेक नेपाली घरभित्रै बस्न बाध्य भए । त्यसबेला धेरै नेपाली समस्या परे । त्यस्ता समस्यामा परेका धेरैलाई उनले विभिन्न स्थानमा पुगेर राहत वितरण गरे । दैनिक ज्यालादारी र श्रमिक बसोबास गर्ने स्थानमा खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गर्ने स्वयसेवक मध्ये एक हुन उनी पनि । उनले धेरैबाट स्वायबासी पनि पाए । श्रमिकलाई खाद्यान्न, वडावासीलाई मास्क र सेनिटाइजर तथा स्वास्थ्य समस्यामा परेकालाई अस्पतालसम्म पु¥याएर किरणले सबैतिरबाट स्वायवासी पाएका हुन । समाजसेवामा किरण गुरुङ यसरी सक्रिय छन् जसको स्याबासी र प्रशंसाले मात्र पुग्दैन, पुरस्कृत नै गर्नुपर्ने व्यक्तित्व उनले बनाइ सकेका छन् ।
मानिस आधुनिक विश्वमा प्रवेश गरे पनि मानवीयता भने हराएको छैन । हराउनु पनि हुँदैन । मानिसमा मानवीयता कायमै रहेको संकेत दिन दुःखीहरुको सेवा र सहयोगमा अघि बढेका यी हातहरुले प्रमाणित गरिरहेका छन् । समाजको यो भावनालाई बुझ्ने र आत्माआलोचना गर्न सक्ने यस्ता इमान्दार सामाजिक व्यक्तिहरुलाई अब समाजले चिन्न ढिला नगरी अगाडि ल्याउनुपर्ने आजको आवश्यकता छ ।