२५ बैशाख, काठमाडौं । आगामी शुक्रबार हुने स्थानीय तह निर्वाचनमा नागरिक एपमा रहेको मतदाता परिचयपत्र देखाएर पनि मतदान गर्न पाइने भएको छ ।
मतदाता परिचय पत्र हराएको खण्डमा मतदाताले यो सुविधा प्रयोग गर्न पाउने भएका हुन । यसका लागि पहिले निर्वाचन आयोगको वेबसाइटमा गएर आफ्नो जिल्ला, स्थानीय निकाय र मतदान केन्द्र छनोट गरी आफ्नो मतदाता परिचय पत्र नं खोज्नुपर्नेछ ।
यसपछि नागरिक एप डाउनलोड गरी सोही मतदाता परिचय पत्र नं को प्रयोग गरी नागरिक एप भेरिफाई गर्नुपर्ने बताइएको छ । यसो गर्नाले प्रयोगकर्ताको मतदाता परिचय पत्र नागरिक एपमा देखिनेछ र मतदानको दिन प्रयोग गर्न सकिनेछ ।