|  

शिक्षाशास्त्र संकायतर्फ स्नातक तह दोस्रो वर्षको परीक्षाफल प्रकाशित

२७ बैशाख, काठमाडौं । शिक्षाशास्त्र संकायतर्फ चार बर्षे स्नातक तह दोस्रो वर्ष २०७७ को परीक्षाफल प्रकाशित भएको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७८ साल बैशाख र श्रावण महिनामा सञ्चालित परीक्षा केन्द्रिय परीक्षा सञ्चालक समितिको निर्णयअनुसार प्रकाशित गरिएको हो । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको सुचनामा  त्रिवि संगठन तथा शैक्षिक प्रशासनसँग सम्बन्धी नियम २०५० को परिच्छेद ६६ को दफा २६८ र २७० अनुसार परीक्षाको मयार्दा विपरीत कार्य गर्ने ३ परीक्षार्थीलाई त्रिविबाट सञ्चालन हुने २०७८ सालसम्मको कुनैपनि परीक्षामा सम्मिलित हुन नपाउने गरी २ वर्षको लागि र १ परीक्षार्थीलाई २०७९ सालसम्मको कुनैपनि परीक्षामा सम्मिलित हुन नपाउने गरी ३ वर्षको लागि निष्काशन गरिएको पनि उल्लेख छ ।