|  

पल मुद्धाको सुनुवाई रोक्न सरकारी वकिलको चलखेल सुरुः अधिवक्ता न्यौपाने (भिडियोसहित)

२७ बैशाख, काठमाडौं । अधिवक्ता यज्ञमणि न्यौपानेले पल शाह मुद्धाको सुनुवाई यहि बैशाख २९ गते नहुने सम्भावना प्रचुर रहेको बताएका छन् ।

हेडलाईन नेपालको हेडलाईन विशेषमा  कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले विधिको शासन मान्ने हो भने चुनावको बेला पनि मुद्धाको सुनवाई हुनुपर्नेमा जोड दिए । निर्वाचन गराउने अन्य जनशक्ति हुनुपर्ने भन्दै उनले चुनावकै कारण सुनुवाई रोक्नु राज्य ब्यवस्था जिम्मेबार छैन भन्ने पुष्टि हुने टिप्पणी गरे ।

त्यस्तै अधिवक्ता न्यौपानेले प्रधानन्यायाधीशले न्याय नपाउने देशमा पल शाहले न्याय पाउलान भन्ने आश राख्न पनि नसकिने बताए । उच्च अदालत पोखरामा पलशाह मुद्धाको सुनुवाईका लागि यहि बैशाख २९ गते मिति तोकिएको छ ।