२७ वैशाख, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज पीसीआर विधिबाट २ हजार ६ सय ७६, एन्टीजेन विधिबाट १ हजार २ सय ५८ जनामा परिक्षण गर्दा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै आज १७ जनाले कोरोनालई जितेर घर फर्किएका छन्।आज कोरोना संक्रमणका कारण आज मृत्यु हुनेको संख्या शून्य रहेको छ ।
हाल नेपालमा कोरोना सक्रिय संक्रमित संख्या १ सय ८५ रहेको मन्त्रायले जनाएको छ ।