२७ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले वैशाख २८ र २९ गते आफ्नो सम्पूर्ण सेवा बन्द हुने जनाएको छ।कार्यलयमा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मतदान केन्द्र राखिएको कारण दुई सेवा बन्द गर्नु परेको कार्यालयले जनाएको छ।
कार्यालयले आज एक सूचना जारी गर्दै भनेको छ,‘स्थानीय तहको निर्वाचनको मतदान प्रयोजनको लागि यस त्रि.वि.परीक्षा नियन्त्रण कार्यालयलाई मतदान केन्द्र तोकेको हुँदा मतदान केन्द्रको पूर्व तयारी एवं सुरक्षा व्यवस्थाका लागि २०७९ वैशाख २८ र २९ गते दुई दिन यस कार्यालयबाट सेवाग्राहीको लागि प्रवाह हुने सबै सेवाहरू बन्द गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’