|  

आजबाट ६ दिन विद्यालय बन्द

२८ वैशाख, काठमाडौं । सरकारले मतदान केन्द्र कायम गरिएका र अन्य विद्यालय आजबाट ६ दिन बन्द हुने भएको छ।

सरकारले मतदानको दिन एक दिन मात्रै बिदा दिने निर्णय गरेको थियो।शिक्षकहरू मतदान केन्द्रमा खटिनुपर्ने र बाहिर जिल्लामा मतदान गर्न जानुपर्ने भएकाले आजबाट बिदा भएको हो।

आधाभन्दा बढी विद्यालयमा मतदान केन्द्र रहेका र बाँकी विद्यालयका शिक्षक मतदान गर्न आफ्नो जिल्ला जानुपर्ने र केही शिक्षक मतदान केन्द्रमा खटिनुपर्ने भएकाले आजबाट बिदा हुने भएको हो।

हाल देशभर करिब २७ हजार सामुदायिक विद्यालय छन्।करिब ८ हजार निजी विद्यालय छन्। सामुदायिक र निजी गरी करिब ३५ हजार विद्यालय छन्। सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बन्द गर्ने निर्णय गरिसकेको छ।