|  

निजी विद्यालयले २ दिन बिदा नदिने !

२८ वैशाख, काठमाडौं । सरकारले गत जेठ १ गतेबाट हप्ताको २ दिन बिदा दिने निर्णय गरेको छ।

सरकारको उक्त निर्णय हिजो राजपत्रमा पनि प्रकाशित भइसकेको छ।तर, सरकारो उक्त निर्णय  निजी विद्यालय सञ्चालकहरूले शिक्षा क्षेत्रमा अव्यावहारिक भएको भन्दै नमान्ने जनाएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको दुई दिन बिदा दिनेबारे सरोकारवालासँगको छलफल कार्यक्रममा निजी शैक्षिक संस्थाहरूले दुई दिन बिदा नेपालको शैक्षिक क्षेत्रमा कार्यान्वयन गर्दा कक्षाकोठामा शिक्षण सिकाइमा नकरात्मक असर पर्ने भएकाले नमान्ने स्पष्ट धारणा राखेको बताइएको छ।

एक शैक्षिक सत्रमा एक सय ८० दिन कक्षाकोठामा शिक्षण सिकाइ हुनुपर्छ भने एक शैक्षिक सत्रमा २ सय २० दिन विद्यालय खोल्नुपर्ने पाठ्यक्रमले तय गरेको छ।