|  

हलिउड फिल्म ‘अवतार २’को ट्रेलर सार्वजनिक

२८ वैशाख, काठमाडौं । हलिउड सुपरहिरो चलचित्र ‘अवतार २’को ट्रेलर सार्वजनिक भएको छ।‘अवतार द वे अफ वाटर’ नामसहित आउन लागेको सिक्वेलको पहिलो झलक २७ अप्रिलमा सार्वजनिक गरिएको थियो।

यतिबेला, यो सुपरहिट चलचित्रको सिक्वेल हेर्न दर्शक व्यग्र प्रतीक्षामा छन्।हालै सार्वजनिक भएको ट्रेलरमा पहिलोमा जस्तै पेन्डोरा ग्रहको सुन्दर दृश्य देख्न पाइन्छ नै।

यसका साथै अति सुन्दर दृश्य र नयाँ पात्र अनि अझ धेरै उत्कृष्टरूपमा हेर्न सकिने दाबी गरेका छन् ।यो चलचित्रको कथा एउटा परिवारमा केन्द्रित छ । चलचित्र १ सय ६० वटा भाषामा डिसेम्बर १६मा  रिलिज हुँदैछ ।