|  

वैशाख ३० गते सिनेमा हल बन्द 

२८ वैशाख, काठमाडौं । वैशाख ३० गते देशभरका सिनेमा हल बन्द हुने भएको छ।उक्त दिन स्थानीय तह निर्वाचनको दिन भएकाले मुलुकभरका सिनेमा हल बन्द हुने,साथै बिहीबार भने आंशिक बन्द रहने भएका छन्।

बिहीबार अपरान्हसम्म मात्र हलहरुमा शो राखिएका छन्।क्यूएफएक्सले विज्ञप्ति जारी गर्दै बिहीबार ३ बजेसम्म मात्र फिल्म देखाइने जनाएको छ भने चुनावको दिन ३० गते मुलुकभरका आउटलेट बन्द रहने जानकारी दिएको छ।

बिहीबार आंशिक र मतदानको दिन पूर्ण रुपमा हल बन्द हुने बताए ।चुनावको भोलिपल्ट अर्थात् वैशाख ३१ गते शनिबार मात्र हलहरु खुल्ने जनाइएको छ ।