|  

युट्युबले अरु प्रयोगकर्ताहरुले पैसा तिरेर सब्सक्रिप्सन गिफ्ट गर्न दिने

२८ बैशाख, काठमाडौं । युट्युबले अन्य प्रयोगकर्ताका लागि पैसा तिरेर सब्सक्रिप्सन गिफ्ट गर्न दिने भएको छ ।

गिफ्टेड सब्सक्रिप्सन फिचर पहिले देखिनै ट्वीचमा रहेको फिचर हो । ट्वीच युट्युब गेमिङको पहिले देखिनै प्रतिस्पर्धी एपको रुपमा रहेको छ । यो फिचर अहिले बेटा स्टेजमानै रहेको छ र बेलायत र अमेरिकाको लागि उपलब्ध रहेको छ । यसका लागि प्रयोगकर्ताहरुले ४.९९ डलर प्रति महिना भुक्तानी गर्नुपर्ने हुनेछ ।