|  

आज देशभर २१ जनामा कोरोना संक्रमण पुष्टि 

२८ बैशाख, काठमाडौं । आज देशभर थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ हजार ७८८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राका अनुसार आज ३  हजार ७० जनाको पिसिआर र ७१८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । अहिले देशभर १८७ जना सक्रिय संक्रमित छन् ।

त्यस्तै, आज थप १६ जना संक्रमित निको समेत भएका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ ।