|  

गृहजिल्ला बाँकेमा सञ्जुको अन्त्येष्टि

२८ बैशाख, काठमाडौं । गृहजिल्ला बाँकेमा नेपाली महिला खेलाडी सञ्जु चौधरीको धार्मिक विधिअनुसार अन्त्येष्टि गरिएको छ ।

अन्त्येष्टिअघि उनको पार्थिव शरीरलाई बाँकेको राप्तीसोनारी-३ बेलासपूरस्थित सञ्जुको घरमा अन्तिम श्रद्धान्जलिका लागि राखिएको थियो । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले उनको घरमै पुगेर राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धान्जलि अर्पण गरेका हुन ।

१३ औं दक्षिण एसियाली खेलकुदको स्वर्ण विजेता सञ्जु चौधरी मंगलबार बिहान ५ः३० बजे मृत अवस्थामा भेटिएकी थिइन । सञ्जु एसियाली खेलकुदको तयारीका क्रममा ललितपुरस्थित प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी थिइन ।

श्रद्धाञ्जली सभामा बोल्दै मन्त्री गहतराजले चौधरीको निधनले नेपाली खेल क्षेत्रमा अपुरणीय क्षती पुगेको बताए ।