|  

हाल विश्वभर नै नसर्ने रोगहरु बढ्दो क्रममाः डा. लोचन कार्की ( भिडियोसहित)

२८ बैशाख, काठमाडौं । चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले हाल विश्वभर नै नसर्ने रोगहरु बढिरहेको बताएका छन् ।

हेडलाईन नेपालको हेडलाईन विशेषमा कुरा गर्दै उनले प्रेसर, सुगर, मुटु सम्बन्धी रोग, मधुमेह, बल्डप्रेसर जस्ता रोगहरु बढी रहेको बताएका हुन् । उनले अहिले विश्व स्वास्थ्य संगठनको बजेट पनि यस्ता रोगहरुमा केन्द्रित रहेको जिकिर गरे ।

स्थानीय तहको चुनावका केही उम्मेदवारहरुको एक्कासी मृत्यु भएको प्रसङग जोड्दै उनले भने, ‘राजनितिक दलहरुको ब्यस्तताका कारण जीवनशैली, खानपान र रहनसहन सहि ढङगले चलेको हुदैन, जसकारण यस्ता रोगहरुको सिकार बढी हुने गरेको पाइन्छ । जति बढी उमेर बढ्दै जान्छ, त्यति नै यस्ता रोगहरुले बढी सताउछ । स्थानीय तहको चुनावमा उम्मेदवारहरुलाई अलि बढी स्ट्रेस हुने भएकाले पनि यस्ता रोग भएका उम्मेदवारहरुले औषधी सेवनमा ध्यान नदिएकाले यस्तो घटना घटेको उनले बताए । उनले मुटुसम्बन्धी रोग तथा अन्य रोग भएका उम्मेदवारहरुलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न पनि आग्रह गरे । 

त्यस्तै उनले कोरोना भाइरस महामारी नसकिएको भन्दै सचेत हुन आग्रह गरेका छन् । उनले स्थानीय तहको चुनावमा बढी भिडभाड हुने भएकाले भिडभाडमा जादा स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्न आग्रह गरे ।