|  

प्रिमियर लिगमा म्यानचेस्टर सिटीको सानदार जित 

२९ बैशाख, काठमाडौं । प्रिमियर लिग फुटबलअन्तर्गत गय राती भएको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ ।

गए राति सिटीले वुल्भ्सलाई ५-१ ले हराउँदै सानदार जित हात पारेको हो । जित निकालेसँगै शीर्ष स्थानको सिटीले पुनः तीन अंकको अग्रता लिएको छ । सिटी ३६ खेलमा ८९ अंकसहित शीर्ष स्थानमा छ।  जुन दोस्रो स्थानको लिभरपुलभन्दा तीन अंक बढी हो। उपाधि रक्षाको लक्ष्यमा रहेको सिटीले अन्तिम दुई खेलमा क्रमशस् वेस्ट हम र एस्टन भिल्लाको सामना गर्नेछ।

अन्तिम दुई खेलमा चार अंक मात्र जोडे पनि पेप ग्वार्डिओलाको टोलीको उपाधि रक्षा लक्ष्यले पूर्णता पाउनेछ।