|  

कोपा इटालियाको उपाधि इन्टरको पोल्टामा 

२९ बैशाख, काठमाडौं । एघार वर्षपछि इटालियन क्लब इन्टर मिलान कोपा इटालिया फुटबलको उपाधि हात पार्न सफल भएको छ ।

सिरी ए को दोस्रो स्थानमा रहेको इन्टरले फाइनलमा युभेन्ट्सलाई हराउँदै उपाधि हात पारेको हो । अतिरिक्त समयमा ४-२ ले हराउँदै इन्टर च्याम्पियन बनेको छ । इन्टरले यसअघि सन २०११ मा उपाधि जितेको थियो ।