|  

आज सुनचाँदी कै भाउमा वृद्धि 

२९ बैशाख, काठमाडौं । आज सुनचाँदी कै भाउ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ ८०० रुपैयाँले बढेर प्रतितोला ९७ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

यता, बुधबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार २ सय ५० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १२ सय ४५ रुपैयाँ कायम रहेको थियो ।