|  

सन २०२० पछि पहिलो पटक एप्पल कम्पनी पछि पर्यो 

२९ बैशाख, काठमाडौं । सबैभन्दा ठूलो तेल कम्पनी साउदी अरबको अराम्को विश्वको सबैभन्दा उच्च बजार मूल्यको कम्पनी बनेको छ ।

अराम्को अमेरिकी टेक कम्पनी एप्पललाई पछि पार्दै उच्च बजार मूल्यको कम्पनी बन्न सफल भएको हो । तेलको बढ्दो मूल्य र माग अराम्कोको शीर्षमा उक्लनुको प्रमुख कारण हो । अरामकोको कारोबार बुधबार उच्च स्तरमा थियो । कम्पनीले बुधबार २।३ ट्रिलियन डलरको व्यापार गरेको छ ।

योसँगै कम्पनीको बजारमूल्य २.४६४ ट्रिलियन डलर पुगेको छ भने एप्पलको २.४६१ ट्रिलियन डलर पुगेको छ । सन २०२० पछि यो पहिलो पटक हो जब एप्पल पछि परेको छ । बुधबार आईफोन बजारमा ५।२ प्रतिशतको गिरावट आयो र प्रतिसेयर १४६।५ डलरमा बन्द भयो ।