|  

दीपक रौनियारको निर्देशनमा मास्टरसेफ सन्तोष साहको जीवनीमा फिल्म बन्ने 

२९ बैशाख, काठमाडौं । दीपक रौनियारको निर्देशनमा चर्चित नेपाली सेफ सन्तोष साहको जीवनमाथि फिल्म बन्ने भएको छ ।

निर्देशक रौनियारले फिल्म निर्माणबारे संवाद सुरु भएको जानकारी दिएका हुन् । उनले न्यारेटिभ, डकुमेन्ट्री र डकुड्रामा कुन फिल्म बन्छ निधो लागि नसकेको भएपनि फिल्म निर्माण निश्चित भएको जिकिर गरे । हाल नेपालमा रहेका साह र रौनियार दुवैले भेटघाट गर्दै फिल्म निर्माणको छलफल थालेका हुन । फिल्ममा १४ वर्षको उमेरमा भारत पसेका सन्तोषको मास्टरसेफसम्मको यात्रालाई चित्रण गरिने छ ।

नौ वर्षको उमेरमा ढल सफा गर्दै परिवारको आर्थिक आवश्यकता पूरा गरेका सन्तोष १४ वर्षमा भारत पुगेर भाँडा माझ्ने काम गरेका थिए । सन् २०१० मा लण्डन पुगेका सन्तोष सन २०२० मा बीबीसीको पाककला सम्बन्धी टीभी रियालिटी शोमा सेकेण्ड रनरअप घोषित भएका थिए ।

नेपाली परिकारलाई विश्वव्यापी चर्चित बनाउने आफ्नो सपना रहेको बताउने सन्तोषलाई हालै सरकारले पर्यटन दूत समेत घोषित गरेको छ ।