|  

छिट्टै विवाह गर्ने कलाकार बुद्धि तामाङको खुलासा( भिडियोसहित)

२९ बैशाख, काठमाडौं । अमेरिकाको अवस्थाबारे गहन रुपमा अध्ययन गरेर नेपाली कथानक चलचित्र तयार गरिएको छ । चलचित्रको नाम हो ‘लाइभ इन एलए’ । यो चलचित्र नेपालमा आगामी जेठ ६ गते प्रर्दशन हुन लागेको छ । तर अमेरिकामा भने यो फिल्म प्रर्दशन भइसकेको छ ।

यसै क्रममा हामीले लाइभ इन एलएका निर्माता तथा कलाकार बाश विस्सु र कलाकार बुद्धि तामाङसँग हेडलाईन नेपालको हेडलाईन विशेषमा कुराकानी गरेका छौँ । कुराकानी क्रममा निर्माता बाश विस्सुले उक्त चलचित्र राम्रो बनेको दाबी गर्दै अमेरिकामा बसेका दर्शकहरुले मनको कुरा फिल्मले बोलेको प्रतिक्रिया दिएको जानकारी दिए । उनले उक्त फिल्मको हरेक पक्ष बलियो रहेको पनि जिकिर गरे ।

यसैवीच  कलाकार बुद्धि तामाङले पनि यस चलचित्र अनिवार्य हेर्न आफ्ना दर्शकहरुलाई आग्रह गरे । उनले यसैक्रममा आफुले छिट्टै विवाह गर्ने पनि खुलासा गरेका छन् ।

फरक प्रसङगमा कलाकार तामाङले पल शाह घटनाले आफु दुखी भएको भन्दै यस्तो घटना कलाकारिता क्षेत्रमा नहोस भन्ने कामना गरेको बताए । उनले आफु कार्यब्यस्तताका कारण पललाई भेट्न जान नपाएको पनि प्रष्ट पारे ।