|  

सेयर बजार नेप्से १८ अंकले घट्यो

२९ वैशाख, काठमाडौं । साताको कारोबारको पाचौं दिन आज (बिहीबार) सेयर बजार नेप्से घटेको छ।

कारोबारको सुरुदिनदेखि लगातार रुपमा बढेको नेप्से आज १८ अंकले घटेको छ।आज नेप्से १८.६४ ले झरेर २३५०.४२ विन्दुमा झरेको छ।आज सुरुवाती समयमा नेप्से बढेर २३८८ विन्दु पार गरे पनि कारोबार अन्तिम समयमा दोहोरो अंकले घट्यो।

नेप्से घटे पनि कारोबार भने बढेको छ ।यसदिन २२८ कम्पनीको ५२ लाख २७ हजार कित्ता सेयर २ अर्ब ३२ करोड रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ।

यसदिन १५१ कम्पनीको सेयर मूल्य घट्दा ३४ कम्पनीको बढ्यो भने नौ कम्पनीको स्थिर रह्यो।आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १० प्रतिशतको पोजिटिभ सर्किट लाग्यो ।