२९ वैशाख, काठमाडौं । नेपालमा पछिल्लो २४घण्टामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज पीसीआर विधिबाट २ हजार ४ सय ६३, एन्टीजेन विधिबाट ३ सय ५४ जनामा परिक्षण गर्दा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
आज १८ जना कोरोना संक्रमणमुक्त भएका छन्।आज कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य रहेको छ।हाल नेपालमा कोरोना सक्रिय संक्रमित संख्या १ सय ७३ रहेको मन्त्रालयले जनाएको छ ।