|  

डोटीमा जीप दुर्घटना हुँदा १० जना घाइते

२९ वैशाख, काठमाडौं ।डोटीमा जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

आज बेलुकी करिब ६ बजेतिर शिखर नगरपालिका-४ गरूडीमा ना१ज ३१५२ को जीप दुर्घटना हुँदा कम्तिमा १० जना घाइते भएको प्रहरीले जनाएको छ ।शिखर नगरपालिकाको लुवाखडीबाट यात्रु बोकेर शिखर नगरपालिका-५ तिजालीतर्फ जान लागेको जीप दुर्घटना भएको हो।

जीप सडकबाट १५ मिटर तल खसेको छ। जीपमा क्षमताभन्दा बढी यात्रु भएका कारण दुर्घटना भएको बताइएको छ।जीपमा करिब ३० जना यात्रु रहेका जनाइएको छ।यात्रु जीपको छतमा समेत बसेका थिए।

घाइतेहरूको संख्या अझै एकीन हुन नसकेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई दिपायलस्थित शैलेश्वरी हस्पतालमा लगिएको बताइएको छ।