|  

मतदान गरेर फर्कँदै गर्दा १ जनाको बाटैमा मृत्यु

३० वैशाख, काठमाडौं । बैतडीमा स्थानीय तहको निर्वाचनमा मतदान गरेर फर्कँदै गर्दा एक वृद्धाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ८४ वर्षीय हरिसिंह भाट रहेका छन्।भाटको बैतडीको जोगडा केदार गाउँपालिका-३ स्थिति मतदानकेन्द्रमा मतदान गरेर फर्कँदै गर्दा बाटैमा मृत्यु भएको हो।

भाटको आज बिहान ८ बजे सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थलबाहिर पुग्नेबेला मुर्छा परेका र बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।