|  

ओखलढुंगामा काँग्रेस र एमालेबीच लाइनमै झडप, चल्यो ९ राउण्ड गोली

३० वैशाख, काठमाडौं । ओखलढुंगामा काँग्रेस र एमाले पक्षका मतदाताहरुबीच लाइनमै झडप भएको छ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगालले दिएको जानकारी अनुसार जिल्लाको चम्पादेवीमा मतदान केन्द्रमा झडप भएको हो।मतदान गर्न आएका काँग्रेस र एमाले समर्थक मतदाताहरु मतदान गर्न बसेकै लाइनमा झडप भएको हो।झडपका क्रममा वडाध्यक्ष उम्मेदवार घाइते भएको प्रहरीले जनाएको छ ।

चम्पादेवी गाउँपालिका वडा नम्बर ९ स्थित जीवनज्योती मतदान केन्द्रमा काँग्रेस र एमाले समर्थक मतदाताबीच लाइन बस्ने विषयमा विवाद हुँदा झडप भएको भएको प्रहरीले जनाएको छ । उक्त झडपको क्रममा काँग्रेसको तर्फबाट वडाध्यक्षका उम्मेदवार रहेका सुजन पौडेल घाइते भएका हुन्।स्थिति नियन्त्रणमा लिन प्रहरीले ९ राउण्ड गोली चलाएको समेत जनाइएको छ ।