|  

नेपाल आउन ज्याकलिनले मागिन् आदलतसँग अनुमति

३० वैशाख, काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले १५ दिनको लागि विदेश जान माग गर्दै दिल्लीको एक अदालतमा निवेदन दिएकी छन्।

नेपालमा दबङ रिलोडेड टुरको कार्यक्रममा सहभागी हुन आउन ज्याकलिनले अनुमति मागेकी हुन् ।साथै, अबुधाबीमा हुन लागेको आइफा फिल्म अवार्ड र फ्रान्सको भ्रमणको लागि पनि उनले अनुमति मागेकी छन्।जेठ १४ गते नेपालमा द ब्याङ रिलोडेड टुर हुँदैछ । सलमान खान नेतृत्वको उक्त कन्सर्टको एक सदस्य पनि हुन् ज्याकलिन ।

कन्सर्टको नेपाल आयोजक ओडीसी इन्टरटेनमेन्टले पनि ज्याकलिन नेपाल आउने वा नआउने कुराको टुंगो नलागेको जनाएको छ ।तर नेपाल आउने भारतीय कलाकारको सूचीमा उनको पनि नाम छ ।सुकेश चन्द्रशेखर नाममा एक व्यक्तिसँग मनी लाउन्ड्रि«ङ केसमा जोडिएपछि ज्याकलिनविरुद्ध लुकआउट सर्कुलर जारी भएको थियो ।

पछिल्लो वर्ष उनलाई दुबई उड्न लागेको बेला मुम्बई विमानस्थलमा रोकिएको थियो ।भारतीय सञ्चारमाध्यमका अनुसार अदालतले ज्याकलिनको याचिकाबारेको निर्णय मे २० मा सुनाउने भएको छ । अदालतको यो फैसलाले ज्याकलिन नेपालमा आउने वा नआउने कुरा टुंगो लाग्नेछ ।