|  

उपत्यकामा साँझ ६ बजेदेखि यातायात खुल्ने

बैशाख ३०, काठमाडौं । बिहान ७ बजेदेखि सुरु भएको स्थानीय तहको निर्वाचन साँझ ५ बजे सम्पन्न भएको छ ।

स्थानीय तह निर्वाचनका लागि शुक्रबार यातायातका साधन बन्द गरिएको थियो । काठमाडौं उपत्यकामा साँझ ६ बजेदेखि यातायातका साधन सञ्चालन गर्न पाइने भएको छ । ट्राफिक प्रहरी महाशाखाले साँझ ६ बजेदेखि सार्वजनिक सहित सबैखाले यातायातका साधन सञ्चालन गर्न दिनेगरी निर्णय भएको जनाएको छ ।

आज दिनभरमा नियमविपरीत सञ्चालनमा आएका सवारी साधनलाई होल्ड गरिएको र ती सबै साँझ छाडिने पनि बताइएको छ ।