|  

रामेछापको गोकुलगंगा गाउँपालिका १ मा खस्यो १६७२ मत

बैशाख ३०, काठमाडौं । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर १ चुचुरेमा १ हजार ६ सय ७२ मत खसेको छ ।

मतदान गर्नेमा ८ सय २ जना महिला र ७ सय ७० पुरुष रहेका निर्वाचन अधिकृत धिरलाल गैरेले जानकारी दिए । उक्त पालिकामा २ हजार ५ सय ७१ मतदाता रहेका थिए । विहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको थियो । आज देशभर  ७ सय ५२ स्थानीय तहका लागि १० हजार ७ सय ५६ मतदानस्थलमा २१ हजार ९ सय ५५ मतदान केन्द्रमा मतदान भएको छ । आजैबाट सवै क्षेत्रमा मतगणना कार्य सुरु हुनेछ ।